काठमाडौ, भाद्र २१ -
नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट सेवा 'फाइवर टु दि होम' को सुरुवात
गरेको छ । एनटी फाइबर नामबाट सुरु गरिएको यो सेवामा ग्राहकले घरसम्मै
अप्टिलक फाइबारबाट ब्रोडब्यान्ड इन्टरनेट पाउनेछन् । सुरुमा कर्पोरेट
क्षेत्रलाई बिक्री थालिने यो सेवा बिस्तारै सर्वसाधारण ग्राहकलाई पनि
उपलब्ध गराउने योजना कम्पनीको छ ।
टेलिकमका अनुसार फाइबर टु दि होम सेवा नेपालमा हलसम्म उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको हो । यसमा ग्राहकले १ एमबीपीएसदेखि १ सय एमबीपीएस क्षमतामा एक वा बढी कम्प्युटर चलाउन सकिने कम्पनीले जनाएको छ । अनलिमिटेड र भोल्युम बेस्ड इन्टरनेट सेवा यसमा उपलब्ध हुनेछ । भोल्युममा १ देखि १० एमबीपीएस गतिको इन्टरनेट खरिद गर्दा एक महिनामा २० जीबीका लागि ११ सय ४० रुपैयाँ शुल्क तोकिएको छ । सबैभन्दा बढी १ वर्षका लागि ४ सय ८० जीबी डाटा खरिद गर्दा १८ हजार २ सय ४० रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । १ सय एमबीपीएस गतिसम्मको इन्टरनेट भने एक महिनाका लागि २ हजार ४० मा ३० जीबीदेखि उपलब्ध हुने जनाइएको छ । १ वर्षका लागि ४ सय ८० जीबी डाटाको सेवा लिए २३ हजार ४० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ । अनलिमिटेड डाटा खरिद गर्दा शुल्क प्रतिएमबीपीएस शुल्क ७ हजार ६ सयदेखि ८ हजारसम्म लाग्नेछ ।
एनटी फाइबारभित्र भ्वाइस सेवा पनि उपलब्ध हुनेछ ।
प्रकाशित मिति: २०७१ भाद्र २१ ०८:५६
http://www.ekantipur.com/np/2071/5/20/full-story/395293.html

0 comments:
Post a Comment